एसियन गेम्स अगाडी नेपाललाई झट्का, क्रिकेटर ललित राजवंशी घाइते

लोकपथ
49
Shares

काठमाडौं । क्रिकेटर ललित राजवंशी अभ्यास खेल खेल्ने क्रममा घाइते भएका छन् ।

चीनमा आयोजना हुने १९औँ एसियन गेम्सको लागि भै रहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा ललित घाइते भएको नेपाल क्रिकेट संघ(क्यान) ले जनाएको छ ।

अभ्यासका क्रममा उनको ‘राइट क्लाभिकल’ (काँधको हड्डी) भाँचिएको बताइएको छ भने उनको शल्यक्रिया गर्नुपर्ने भएको  क्यानले जनाएको छ ।

सेप्टेम्बर २७ देखी अक्टोबर ७ तारिखसम्म सञ्चालन हुने एसियन गेम्समा भने उनी सहभागि हुन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?