साफ यू–१९ च्याम्पियनसिप : नेपाल र पाकिस्तानबीचको खेल शुरु

लोकपथ
63
Shares

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको पहिलो खेल नेपाल र पाकिस्तानबीच शुरु भएको छ ।

दशरथ रंगशालामा बेलुका साढे ५ बजे खेल सुरु भएको हो । ६ टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्ससँग खेल्ने छ । प्रतियोगिता असोज १३ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा चल्नेछ ।

नेपाल रहेको समूहमा पाकिस्तान सहित माल्दिभ्स समेत रहेको छ । समूह बीमा भारत, भुटान र बंगलादेश समावेश छन् ।
नेपाली टिम जियारत शेखको कप्तानीमा मैदान उत्रिएको छ । सुनिल श्रेष्ठ नेपाली टिमको मुख्य प्रशिक्षक रहेका छन् ।
नेपालले यो प्रतियोगिता सन् २०१५ मा जितेको थियो। यसबीचमा यू—१९ स्तरीय साफ च्याम्पियनसिप आयोजना भएको थिएन।

सन् २०१७ र २०१९ मा साफ यू-१८ च्याम्पियनसिप भएको थियो भने सन् २०२२ मा साफ यू-२० च्याम्पियनसिप आयोजना भएको थियो। नेपालले सन् २०१७ मा आयोजना भएको साफ यू १८ च्याम्पियनसिप पनि जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?