महिला फुटबल : भियतनामसँग नेपाल पराजित

लोकपथ
574
Shares

काठमाडौं । नेपाली महिला फुटबल टोली एसियन गेम्समा भियतनामसँग पराजित भएको छ । शुक्रबार समूह डीको खेलमा नेपाली महिला टोली भियतनामसँग २–० गोलले पराजित भएको हो ।

खेल शुरु भएको ५३औँ मिनेटमा फाम हाइको गोलमार्फत भियतनामले खेलमा अग्रता बनाउन सफल भएको थियो ।

जित सहित समूह डीमा भियतनामले ३ अंक जोडेको छ । त्यस्तै समूह चरणका लागि नेपालले जापान र बंगलादेशसँग खेल खेल्नेछ । नेपालले सोमबार अर्को खेल जापानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?