एजेन्सी । अमेरिकाले भारतलाई दिँदै आइरहेको व्यापार सहुलियत बन्द गर्ने भएको छ ।
अमेरिकाले व्यापार सहुलियत बन्द गरेपनि केही असर नपर्ने भारतले जनाएको छ । अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ ।
भारतका वाणिज्य सचिव अनुप वद्धवनले दिएको जानकारी अनुसार अमेरिकी सहुलियत प्रणाली ‘जीएसपी’ अन्तर्गत भारतबाट करिब ६ अर्ब डलर बराबरका सामान मात्र निकासी हुने गरेको छ ।
अमेरिकी व्यापार प्रमुखको कार्यालयले एक वक्तव्य जारी गर्दै भारत र टर्कीलाई दिइरहेको जीएसपीको दर्जा तत्कालै खारेज गर्न चाहेको जनाएको छ।
उक्त कार्यालयले परिवर्तित सन्दर्भमा दुबै मुलुकलाई जीएसपीका प्रावधान बमोजिम समेट्न नसकिने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया