काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
आजको लागि जिल्ला अदालत काठमाडौंले पेशी तोके पनि उक्त मुद्दाको सुनुवाइ स्थगित गरेको हो ।
काजिअले उक्त मुद्दा स्थगितको २६औँ नम्बरमा राखेको हो ।
यसअघि गत असोज १ गते पेशी रहे पनि न्यायाधीश अभावका कारण सुनुुवाइ स्थगित भएको थियो । त्यसो त यसअघि पटकपटक अन्तिम फैसलाको लागि मिति तोकिए पनि स्थगित हुँदै आइरहेको थियो ।
गत भदौ २१ गते पेशीमा चढेको उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश सकुुन्तला कार्कीको एकल इजलासले पीडित किशोरीको यकिन जन्ममितिको कागज मगाउने आदेश दिएको थियो ।
नेपाली क्रिकेट राट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २०७९ कार्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया