पुनः १८ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पुन १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

यसअघि यही असोज एक गते मात्र १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

जारी मिति भने असोज नौं गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने राष्ट्र बैंकको भनाई छ । यसरी बिक्री गरिने कुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको १० अर्ब ११ करोड २५ लाख र एक सय ८२ दिने अवधिको ६० करोड रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार परिपक्व हुने अवधि क्रमशः २०८० कात्र्तिक सात गते, २०८० पुस १० गते र २०८० चैत्र १३ गते तोकिएको यि सबै ट्रेजरी बिलहरु पुरानो नविकरण अन्तर्गतका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?