राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्धघाटन

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान न.पा. –६ गणेश चोक स्थित नवनिर्मित भवनको उद्धघाटन गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले एक समारोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आईतबार उद्धघाटन गरेका हुन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री यादबले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले रा.वा.बैंकसँग सहकार्य गर्ने बताउँदै बैंक मार्फत किसानलाई अनुदान समेत दिन तयार रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अहिले रा.वा.बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको बताउँदै ब्यवसायीहरुलाई रा.वा.बैंकसँग व्यवसायीक कारोबार गर्न आग्रह गरे ।

उनले विपन्नवर्गको सशक्तिकरणका लागि विना धिता कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बताए । उनले बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ्ग सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको बताए ।

बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा ब्रान्च अपरेशन विभागका प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा माननीय संघीय सांसदहरु रामशंकर यादब, गंगाप्रसाद यादब तथा प्रदेश सांसदहरु राजेन्द्र चौधरी, राजकुमार गुप्ता, ललिता दाश, बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, विभागीय प्रमुख दामोदर ज्ञवाली, मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरु, स्थानीय, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?