शिवम् सिमेन्टको ‘आइपिओ’ आज बाँडफाँड

काठमाडौं। शिवम् सिमेन्टले निष्काशन गरेको प्राथमिक शेयर ‘आइपिओ’ बाँडफाँड भएको छ। 

सिमेन्टले निष्काशन गरेको प्राथमिक शेयर आज ‘बुधवार’ बाडफाड गरेको हो । सर्वसाधारणतर्फ न्युनतम ५० कित्तादेखि ५ हजार २ सय २० कित्तासम्मको आवदेन दिनेले मागे जति सबैले शेयर पाएका छन्। अधिकतम एक लाख कित्तासम्म आवेदन दिनेहरुले ५ हजार ६ सय ४० कित्ता शेयर प्राप्त गरेका छन् । 

६५ हजार ६ सय ३० कित्ताभन्दा माथिको आवदेन दिनेमध्ये ११ जनाले थप १० कित्ता र ५ जनाले थप १ कित्ता शेयर पाएका हुन्। त्यस्तै सर्वसाधारणतर्फ भने ५१ हजार ८८ सय २ जनाले ५१ लाख ८९ हजार ५ सय ६० कित्ताको लागि योग्य आवेदन परेको थियो। 

उक्त सिमेन्ट कम्पनीले सर्वसाधारणको लागि ४४ लाख ३४ हजार ६ सय ९५ कित्ता शेयर निष्काशन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?