काठमाडौं । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली क्रिकेट टिमका प्रभावशाली स्पिनर सन्दीप लामिछाने मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् ।
सन्दीप आज मंगलबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गरेका हुन् । उनीसँगै अर्का स्पिनर सागर ढकाल पनि मंगलबार नै एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरेका छन् ।
तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिएका थिए ।सन्दीपविरुद्ध लागेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबार स्थगित भएको थियो ।
उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो ।
एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि सुरु हुँदै छ । टी-२० ढाँचामा खेलाइने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया