काठमाडौं । उत्तर कोरियाले आफ्नो संविधानमा आणविक हतियारको द्रुत विकासको नीति समावेश गरेको छ। अब कानून बनेपछि उत्तर कोरियाको आणविक हतियारको विकासले गति लिने विश्वास लिइएको छ ।
उत्तर कोरियाको यो कदम यस्तो समयमा आएको हो, जब अमेरिकाले उत्तर कोरियालाई वार्ताको टेबुलमा फर्कन आग्रह गरिरहेको छ । यस वार्ताबाट उत्तर कोरियाले परमाणु हतियार कार्यक्रम नचलाउन अमेरिकाबाट आर्थिक सहयोग लिने बताइएको छ ।
सर्वोच्च जनसभाको अधिवेशनमा किम जोङ उनले अमेरिका र सहयोगीहरूबाट प्योङयाङले सामना गरिरहेको चुनौती र आफ्नो आणविक कार्यक्रमलाई ध्वस्त पार्ने मनसायलाई मध्यनजर गर्दै यो कदम चालेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया