काठमाडौं । श्रीलंकाका ब्याटसम्यान दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् । बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको फैसला सुनाउँदै दनुस्कालाई सफाइ दिएको हो ।
टिन्डर डेटमार्फत चिनजान भएको एक महिलाले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । उक्त महिलाले दनुस्काले नोभेम्बरमा आफ्नो घरमा लगेर उनीमाथि बलात्कार गरेको दाबी गरेकी थिइन् ।
यो मुद्दामा चार दिनसम्म सुनुवाइ चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया