काठमाडौं। माउन्टेन हाइड्रो नेपालले ‘आइपिओ’ निष्काशन गरेको छ।
हाइड्रो नेपालले सर्वसाधारणको लागि १७ लाख ३९ हजार ७ सय ८८ कित्ता ‘आइपिओ’ निष्काशन गरेको हो।
कम्पनीले प्रभावित क्षेत्रमा बिक्री नभएको ५ लाख ६६ हजार १ सय १० कित्ता शेयरसहित सर्वसाधारणतर्फ १८ लाख १६ हजार १सय १० कित्ता शेयर बिक्री गर्नेछ।
कुल निष्काशनको ५ प्रतिशत अर्थात ९० हजार ८ सय ५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाइएको छ । तर, कोषहरुले जम्मा ४० लाख कित्ता मात्रै खरिद गरेको कम्पनीले जनाएको छ । सामुहिक लगानी कोषले पछिल्लो समय कम्पनी छानेर मात्रै लगानी गर्न थालेका छन्।
सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मको लागि आवदेन दिन पाउने कम्पनीले जनाएको छ ।
कम्पनीको यहि फागुन २८ गतेसम्म पहिलो चरणको ‘आइपिओ’ निष्काशन गरेको हो । त्यस्तै पहिलो चरणमा बिक्री नभएको ‘आइपिओ’ आगामी चैत २२ गतेसम्म निष्काशन गर्ने जानकारी दिएको छ ।
कम्पनीले पाँचथरमा २१ दशमलव ६ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
जलविद्युत आयोजना निर्माणका लागि ४ अर्ब २८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया