एजेन्सी । चीनमा आइफोनको बिक्रीमा लगातार गिरावट आएको छ ।
आइफोनको बिक्रीमा लगातार गिरावट आएसँगै विक्रेताहरुले पटक–पटक आइफोनको मूल्य घटाइरहेका छन् । बिक्री घटेसँगै चीनका अनलाइन विक्रेताहरुले आइफोनको मूल्य घटाइरहेका छन् ।
चीनको अनलाइन विक्रेता सनिंग डटकमले आइफोन एक्सएसको मूल्यमा १६ हजार ८ सय रुपैयाँ बराबरको रकम घटाएको छ ।
सनिंग सहित अन्य विक्रेताहरुले जनवरी महिनामा मात्र आइफोनको अर्को मोडलको मूल्य १ सय ९२ डलरले घटाएका थिए ।
चीनको ई–कमर्श कम्पनी पिनडुओडुओले पनि ६४ जीबीको आइफोन एक्सएसको मुल्य १४८ दशमलब ९५ डलर घटाएको छ । त्यस्तै जेडी डटकमले पनि आइफोन एक्सएस र एक्सएस म्याक्स समेत एप्पलको अन्य उत्पादनमा २ सय ५३ डलरसम्म छुट दिइरहेको छ ।
स्थानीय कम्पनी हुवावेको स्मार्टफोनको तुलनामा आइफोन अधिक महंगो भएको भन्दै ग्राहकहरुले गुनासो समते गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया