तेक्वान्दो टोली आज थाइल्यान्ड प्रस्थान

काठमाडौं । दोस्रो बुराफा युनिभर्सिटी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली ‘आज’ शुक्रवार थाइल्यान्डको चोन्बुरी प्रस्थान गरेको छ ।

भोली ‘शनिवार’ देखि शुरु हुने प्रतियोगितामा विनोद बस्नेत, प्रवेश दवाडी, दिनेश राई, प्रज्ज्वल दवाडी, दीपक दुलाल, शैलेन्द्र घिमिरे, सन्तोष पौडेल, अनिल आले, राजेशकुमार तामाङ, उज्ज्वल श्रेष्ठ, निशा श्रेष्ठ, मेलिना गुरुङ मगर र फुलमाया कुमालले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टिम प्रशिक्षकमा रोशन खान, टिम व्यवस्थापकमा कृष्णप्रसाद सिलवाल तथा अन्तर्राष्ट्रिय निर्णायकमा अशोक खड्का र मीन न्यौपाने छन् । अशोक पोर्ट स्टेफन तेक्वान्दो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न बिहीवारै अस्ट्रेलिया गएका छन् ।

त्यसपछि अशोक त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन थाइल्यान्ड जाने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?