युरोपा लिग फुटबलको पहिलो लेगको खेलमा आर्सनल रेनससँग पराजित

एजेन्सी । इंग्लिस क्लब आर्सनल जारी युरोपा लिग फुटबलको खेलमा पराजित भएको छ । 

बिहीवार राति सम्पन्न भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा फ्रान्सेली क्लब आर्सनल रेनससँग ३-१ गोल अन्तरले पराजित भएको हो । खेल शुरु भएको तीन मिनेट पनि बित्न नपाउँदै आर्सनलका लागि इओबीले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

खेलको ४१ औँ मिनेटमा सोक्राटिस पापास्थाथोपौलोसले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो । लगतै रेनसका लागि बेन्जामिनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ६५ औँ मिनेटमा आर्सनलका नाचो मोनरियलले आत्मघाती गोल गरे । खेलको ८८ औँ मिनेटमा रेनसका लागि इसमिला सार्रले गोल गरे । निर्धारित समयसम्म आर्सनलले खेलमा फर्कने प्रयास गरेपछि खेलमा गोल गर्न भने सकेन र खेलमा ३-१ को हार बेहोर्यो ।

यो हारसँगै आर्सनलको अघिल्लो चरणमा पुग्ने सम्भावना निक्कै कमजोर देखिएको छ । 

त्यस्तै बिहीवार राति नै भएको पहिलो लेगको अर्को खेलमा इटालियन क्लब नेपोलीले पसाल्जबर्गलाई ३-० गोल अन्तरले पराजित ग-यो । 

घरेलु मैदानमा नेपोलीलाई जित दिलाउन एर्काडिउज मिलिक र फाबियान रुइज पेनाले समानए एक एक गोल गरे । नेपोलीले एक गोल भने आत्मघाती उपहार पाएको थियो । मिलिकले खेलको १० औँ र फाबियानले १८ औँ मिनेटमा गोल गरेका थिए ।

साल्जबर्गका जेरोमीले आत्मघाती गोल गरे । यो जितपछि नेपोलीले क्वाटरफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

यता बिहीवार राति नै भएको अन्तिम १६ को पहिलो लेगको खेलमा डिनामो जाग्राबले बेन्फिकालाई १-० गोल अन्तरले, भिल्लारियलले जेनिट सेन्ट पेटेलाई ३-१ गोल अन्तरल तथा भ्यालेन्सियाले क्रास्नोडारलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?