मेस्सीको राष्ट्रिय टिममा ‘कमब्याक’

एजेन्सी । रसिया विश्वकप फुटबल पछि कप्तान लियोनल मेस्सी पहिलोपटक राष्ट्रिय टिममा परेका छन् । 

टिममा पुनरागम गरेसँगै कप्तान मेस्सीले भेनेजुएला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्नेछन् । उनी अर्जेन्टिनाको प्रारम्भिक ३१ खेलाडीको लिष्टमा परेका हुन् । मेस्सीले यसअघि अर्जेन्टिनाको ६ वटा मैत्रीपूर्ण खेल खेल्न पाएका थिएनन् ।

गत वर्ष सम्पन्न भएको रसिया विश्वकपमा फ्रान्सविरुद्ध मैदानमा उत्रिएपछि राष्ट्रिय टिममा परेका थिएनन् । ३१ वर्षे मेस्सीले अहिलेसम्म राष्ट्रिय टिमबाट १ सय २८ खेल खेल्दै ६५ गोल गरिसकेका छन् । मेस्सीसँगै एन्जल डी मारिया पनि टिममा ‘कमब्याक’ गरेका छन् । 

मुख्य प्रशिक्षक लियोनल स्कलोनीले इरिक लमेला र पाउलो गजानिगालाई टिममा राखेका छैनन् । त्यस्तै, भेनेजुएला र मोरोक्कोसँगको खेलमा सर्जियो अगुएरो र गोञ्जालो हिगुइनले गुमाउने छन् । 

अर्जेन्टिनाले यही मार्च २३ तारिखमा भेनेजुएलासँग तथा मार्च २६ तारिखमा मोरक्कोविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?