काठमाडौं । तीन कम्पनीले तोकिएको समयमा आफ्नो हकप्रद शेयर बिक्री नभएको भन्दै शेयर लिलाम गर्दै छन् ।
लिलाम गर्ने कम्पनीहरुमा आईएमई जनरल ईन्स्योरेन्स, नाडेप लघुबित्त वित्तीय संस्था र रिलायन्स फाइनान्स रहेको छन् । तीनै कम्पनीले निष्कासन गरेको हकप्रद बिक्री नभएपछि लिलाम गर्ने भएको हो ।
तीन कम्पनीहरूले तीन करोड ५२ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको तीन लाख ५२ हजार चार सय ७५ कित्ता बोलबोल मार्फत बिक्री खुल्ला समेत गरेका छन् । जसमा संस्थापक एक लाख ९० हजार ४ सय ७३ कित्ता र साधारण एक लाख ६२ हजार दुई कित्ता शेयर रहेको छ ।
बोलकबोलमार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम अंकित मूल्य एक सय रुपैयाँ प्रति कित्ताका दरले आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया