काठमाडौं । अभिनेता अनमोल केसीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।
टेकुस्थित काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिलको कार्यालयमा लगिएको हो ।
आपराधिक विश्वासघातको आरोपमा उनलाई शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेबाट पक्राउ गरेको थियो ।
उनले खेल्न लागेको रावायण चलचित्रमा एडभान्स पैसा लिएर काम गर्न नमानेपछि उनीविरुद्ध निर्माता टिमले मुद्दा दायर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया