एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपाललाई २३ रनले हराउँदै भारत विजयी

लोकपथ
63
Shares

काठमाडौं । चीनमा सञ्चालन भइरहेको एसियाली खेलकुदको पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनलमा भारतले विजय हासिल गरेको छ ।

मंगलबार भएको खेलमा नेपाललाई २३ रनले पराजित गर्दै भारत विजयी बनेको हो ।

भारतसँग पराजित भएपछि पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।

टस जितेर ब्याटिङ रोजेको भारतले नेपाललाई ४ विकेटको क्षतिमा २०३ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङ् गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो ।

भारतको इनिङ्समा यशस्वी जयशवालले ४९ बलमा १ सय रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?