विराटनगर । पाँचौ महिला साफ फुटबल प्रतियोगिता भोली ‘मंगलवार’देखि विराटनगरमा शुरु हुँदैछ ।
मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानको सामना गर्नेछ । साफ च्याम्पियनसिपका लागि नेपाली टिमका सबै खेलाडी फिट रहेको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिएका थिए ।
शहिद रङ्गशालामा हुने यो प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्का सहभागि छन् । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भूटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया