इंग्लिस प्रिमियर लिग : चेल्सीले उल्भ्ससँग बराबरी खेल्दै अंक बाड्यो, आर्सनलद्वारा म्यान्चेस्टर युनाइटेड स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत चेल्सीले उल्भ्ससँग बराबरी खेलेको छ । 

आफ्नो घरेलु मैदानमा आइतवार राति सम्पन्न भएको खेलमा लिगको छैटो स्थानमा रहेको चेल्सीले सातौं स्थानमा रहेको उल्भ्ससँग एक-एक गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरी खेलेको थियो ।

खेलको ५६ औँ मिनेटमा उल्भ्सका लागि राुहल जेमिनिजले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । निक्कै रोमाञ्चक बनेको खेलको इन्ज्युरी समयमा चेल्सीका इडेन हाजार्डले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

यो बराबरीपछि दुवै क्लबले समान एक-एक अंक बाडेका छन् । बराबरीमा पछि चेल्सीले २९ खेलबाट ५७ अंक बनाएको छ भने उल्भ्सको ४४ अंक छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा लिगको चौथो स्थानमा रहेको आर्सनलले पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित ग-यो । आर्सनलको जितमा खेलको १२ औँ मिनेटमा ग्रानिट जाका र ६९ औँ मिनेटमा आबुमियाङले पेनाल्टीमार्फत समान एक-एक गोल गरे ।

जितपछि आर्सनलले ३० खेलबाट ६० अंक बनाएको छ । म्यान्चेस्टर युनाइटेडको ५८ अंक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?