पुन: १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
35
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुनः १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोलको माध्यमद्धारा बिक्री गर्ने भएको छ ।

सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति असोज २३ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्ने छन् । भोलि सोमबार बिक्री हुने ट्रेजरी बिलहरु मध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब ४६ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैंयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० पुस २४ गते, २०८० चैत्र २७ गते र २०८१ असोज २२ गते तोकिएका छन् ।

यसअघि अर्थात यही असोज १५ गते पनि राष्ट्र बैंकले बोलकबोलको माध्यमद्धारा १८ अर्ब पाँच करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?