सरकारले भनेजस्तो अर्थतन्त्र लयमा नरहेको बताउँदै पूर्व अर्थमन्त्री लोहनीले दिए यस्ता तथ्य

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले भनेजस्तो अर्थतन्त्र लयमा नरहेको जिकिर गरेका छन् ।

पूर्व अर्थमन्त्री समेत रहेका नेता लोहनीले विभिन्न तथ्यहरुको उल्लेख गर्दै सरकारले भनेजस्तो अर्थतन्त्र लयमा नरहेको जिकिर गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता लोहनीले राजस्व भनेजस्तो उठ्न नसकेको, साधारण खर्च बढ्दै गएको तथा पुँजी निर्माणमा लगानी निराशाजनक रहेको बताएका छन् ।
त्यस्तै प्लस टु पास गरेका एक तिहाइ विद्यार्थी उच्च शिक्षा अध्ययनसहित रोजगारीका लागि विदेश जानुपरिरहेको अवस्थाको उल्लेख गरेका छन् ।

देशमा एकले अर्कालाई निषेधको राजनीति गरेको बताउँदै त्यसलाई निरुत्साहित पार्दै आउँदो १० वर्षमा ६ प्रतिशतको दरले गुणस्तरीय आर्थिक उन्नती कायम गर्न आग्रह गरेका छन् । त्यसका लागि सबै राष्ट्रिय शक्तिहरुबीच नयाँ मेलमिलापको वातावरण कायम गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?