काठमाडौं । पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ता गराउने भएका छन् ।
सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक ‘ह्याट्रिक’ वल्र्ड रेकर्ड राख्ने तयारी गरेको बताएका हुन् ।
जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलबाट दुईपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम दर्ता गराइसकेका छन् ।
‘एक ठाउँबाट अर्को ठाउँसम्म बीचमा आउने अवरोध हटाउँदै छाटो समयमा साधारण मानिसभन्दा फरक तरिकाले पुग्नु नै पार्कर हो’, खेलाडी सुनारले भने । खोटाङ जिल्लामा जन्मिएका सुनार पार्कर खेलको विकासका लागि पनि निरन्तर लागि रहेका छन् ।
वल्र्ड रेकर्डका लागि सोमवारै ‘मस्ट ट्विस्टिङ्ग ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधाको रेकर्ड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलाडी सुनारलाई नेपालको झण्डा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया