विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आज ‘मंगलवार’ देखि विराटनगरमा शुरु हुँदैछ ।
शहिद रंगशालामा आज हुने उद्घाटन खेलमा आयोजक टिम नेपालले भुटानको सामना गर्दैछ । यी दुई टिमबीचको खेल दिउँसो ३ बजेपछि शुरु हुनेछ । उद्घाटन खेलमा सहज जित निकाल्ने रणनीतिका साथ नेपाली टिम मैदानमा उत्रदै छ ।
काठमाडौं बाहिर पहिलो पटक आयोजना गर्न लागिएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई उपाधिको दाबेदार टिम मानिएको छ । आजको खेलमा सावित्रा भण्डारी ‘साम्बा’लाई मुख्य खेलाडीको रुपमा हेरिएको छ ।
सन् २०१४ पाकिस्तानमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलदेखि राष्ट्रिय टिममा नियमित खेल खेलिरहेकी उनले अहिलेसम्म उत्कृष्ट प्रर्दशन गर्दै आइरहेकी छिन् । दक्षिण एशियाको सर्वोत्कृष्ट फरवार्डको रुपमा हेरिएकी साम्बा डबल ह्याट्रिकको रेकर्ड तोड्ने तयारीमा छिन् ।
यसअघि उनले एकै प्रतियोगितामा नेपालको तर्फबाट १२ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया