विराटनगर । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले नेपाली महिला टिमका फुटबल खेलाडीहरु नगद रुपैयाँसहित सम्मान गरेको छ ।
साफ च्याम्पियनसिपको पूर्व सन्ध्यामा एन्फाले खेलाडीहरुलाई जनही एक-एक लाख रुपैयाँसहित सम्मान गरेको हो । एन्फाले ओलम्पिक खेलकुदको दोस्रो चरण पुगेको र भारतमा सम्पन्न हिरो महिला गोल्डकपको उपविजेता बनेको नेपाली महिला टिमका प्रत्येक सदस्यलाई दुई वटा प्रतियोगितामा गरी ५०–५० हजार पुरस्कार प्रदान गरेको हो ।
५० हजार रुपैयाँ पाउने खेलाडीहरुमा रेखा पौडेल, रञ्जना दर्जी, दीपा न्यौपाने, रुपा रानामगर, सर्मिला थापा, अनु लामा र पूजा राणा रहेका छन् ।
त्यस्तै जनही एक-एक लाख रुपैयाँ प्राप्त गर्ने खेलाडीहरुमा अन्जना राना मगर, निरु थापा, दीपा राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनीता केसी, अन्जिला तुम्बाप्पो सुब्बा, मन्जली कुमारी योञ्जन, विमला चौधरी, सवित्रा भण्डारी, अमृता जैसी, पुनम जर्घा मगर, मनमाया लिम्बु, अनीता बस्नेत, हीरा कुमारी भुजेल, कविता धिमाल र गीता राना मगर रहेका छन् ।
त्यस्तै, विराटनगर महानगरपालिकाले मोरङबाट राष्ट्रिय टिममा परेका तीनजना खेलाडीलाई ब्राण्ड एम्बेसडरको घोषणा समेत गरेको छ । सरु लिम्बु, मनमाया लिम्बु र कविता धिमाललाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ब्राण्ड एम्बेसडर घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया