देवको विष्फोटक ब्याटिङमा नेपालले इरानलाई दियो ३५४ रनको विशाल लक्ष्य

लोकपथ
357
Shares

काठमाडौं । कप्तान देव खनालको विष्फोटक शतक मद्दतमा, आजबाट सुरु भएको एसीसी यू-१९ प्रिमियर कपमा इरानसमक्ष नेपालले ३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै बनाउन सके । १० रनमै दुई विकेट गुमाएको अवस्थामा कप्तान देवले ओपनर दिपक बोहोरासँग मिलेर नेपाललाई खेलमा फर्काएका हुन् ।

उनले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतले शतक पूरा गरेका हुन् । १०० रन बनाएलगत्तै उनी आउट भएका थिए । बोहोरा ५९ बलमा ६५ रन बनाएर आउट भए ।

यस्तै, दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बढाउँदै नेपाललाई विशाल स्कोरतर्फ अघि बढाएका थिए । दीपेश कँडेलले २२ बलमा २९ रन बनाए । इरानका लागि सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३–३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?