महिला साफ फुटबल : नेपालको शानदार जित, भुटान स्तब्ध

विराटनगर । पाँचौ संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपालले शानदार जित निकालेको छ । 

विराटनगरस्थित शहिद रंगशालामा मंगलवार भएको उद्घाटन खेलको नेपालले भुटानलाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको १३ मिनेट पनि बित्न नपाउँदै नेपालका लागि मन्जली कुमारी योन्जनले पहिलो गोल गर्दै क्लबलाई शु्रुवाती अग्रता दिलाइन् ।

उनले गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै साबित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेललाई २-० को अग्रता दिलाए । खेलको पहिलो हाफसम्म नेपालले भुटानलाई पुरै दवावमा राखेको थियो ।

नेपालका लागि अनिता बस्नेत, साम्बा र मन्जलीले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन । खेलको ५२ औँ मिनेटमा नेपालका हिरा कुमारी भुजेलको प्रहारले सहि दिशा दिन सकिनन् । खेलको ५३ औँ मिनेटमा कप्तान निरु थापाले गोल गर्दै खेललाई तेब्बर अग्रता दिलाइन् ।

लगतै उनले हेडमार्फत गोल गर्ने मौका गुमाइन् । पहिलो हाफमा निक्कै आक्रामक खेल खेलेको नेपालले दोस्रो हाफमा भने सोचेअनुरुप खेल खेल्न सकेन । ८३ औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गर्न चुकिन । कप्तान निरुको स्थानमा मैदानमा प्रवेश गरेकी अनिता केसीको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो । 

त्यसपछि खेलमा थप गोल भएन र खेल नेपालले ३-० गोल अन्तरले जित्यो । जितपछि नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?