भुटानविरुद्धको खेलमा नेपाली टिमले सोचे अनुरुप खेल्न सकेन : प्रशिक्षक खड्का

काठमाडौं । नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले जारी पाँचौ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले सोचे अनुरुप खेल्न नसकेको बताएका छन् । 

विराटनगरमा मंगलवार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० गोल अन्तरले पराजित ग-यो । तर, प्रशिक्षक खड्का भने नेपाली टिमको आजको प्रर्दशनबाट त्यहि सन्तुष्ट छैनन् । उनले भने, ‘हामीहरुले मैदानमा उत्रनु अघि ‘प्लान’ बनाएका थियौँ, तर, त्यो कुनै पनि पुरा भएन ।’

साथै प्रशिक्षक खड्काले नेपाली टिमले समग्रमा राम्रै खेल खेलेको प्रतिक्रिया समेत दिए । 

‘हामीले भुटानविरुद्ध ६ गोल गर्ने लक्ष्य बनाएका थियौं, तर, मात्र तीन गोल गर्न सफल भयौं, नेपालले जति पनि गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा ३ गोलमा मात्र सिमित हुन पुग्यो’, उनले भने । 

अब नेपालले समूह चरणको दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ । प्रशिक्षक खड्काले भने, ‘बंगलादेशको टिम निक्कै बलियो छ, त्यहि अनुरुप हामी नयाँ रणनीतिका साथ मैदानमा उत्रने तयारी गछौँ ।’

साफ च्याम्पियनसिपमा दक्षिण एशियाका ६ राष्ट्र सहभागि छन् । समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश रहेको छ । त्यस्तै समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?