स्की टोली कोरिया प्रस्थान

काठमाडौं । २८ औँ एशियन अल्पाइन चिल्ड्रन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली स्की टोली आज ‘बुधवार’ दक्षिण कोरियाको ग्वाङवोन प्रस्थान गरेको छ । 

मार्च १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुषमा दिनेशकुमार बोहरा र उमङ्ग रन्जित तथा महिलामा लक्ष्मी राई र पलिसा वज्रचार्यले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रवीण कर्माचार्यले टिम प्रशिक्षक र व्यवस्थापक दुवैको भूमिका निर्वाह गर्ने छन् ।

टोलीलाई नेपाल स्की संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाइ गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?