काठमाडौं । थाइल्यान्डमा हुने १६ औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् ।
नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सहभागी हुने नेपाली चार सदस्यीय टोलीलाई मंगलवार एक कार्यक्रमकाबीच बिदाई गरिएको छ ।
गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटक नाम लेखाउन सफल दिनेश सुनारले बिदाई गरे । नेपाली टोली बुधबार बैकंकतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
च्याम्पियनसिपमा राहुलले ५७ केजीमुनि सेमि प्रोफेसनल र पलिस्थाले ३५ केजीमुनि एमेच्योरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक समेत रहेका कक्षपतिले जानकारी दिए । टोलीको सहायक प्रशिक्षकमा उत्तम गुरुङ छन् ।
राहुलले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा तीन स्वर्ण जितेका छन् भने पलिस्थाले दुई स्वर्ण पदक प्राप्त गरिसकेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया