एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा

लोकपथ
77
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा भएको छ ।

क्यापिटलको यही असोज २७ गते कम्पनीको कार्यालय थापाथली, काठमाडाैंमा बसेको संचालक समितिको एक सय ३१ औं बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु मध्ये एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १० दशमलव ५० प्रतिशत (कर सहित) का दरले हुन आउने आठ करोड ७६ लाख ९६ हजार रुपैंयाँ र एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले हुन आउने रकम सात करोड ५५ लाख रुपैंयाँ नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चाैंथो वर्ष १३ प्रतिशत तथा पाचौं वर्ष अर्थात आ.व. २०७९/८० को लागि घोषणा गरेको १० दशमलव ५० प्रतिशत सहित हालसम्म ७५ दशमलव ५० प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ भने एन आई सी एशिया ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चाैंथो वर्ष अर्थात आ.व. २०७९/८० को लागि घोषणा गरेको १० प्रतिशत सहित हालसम्म ६१ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

साथै, एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले आ.व. २०७९/८० मा १० प्रतिशत नगद प्रतिफल घोषणा गरी मिति २०८०/०५/१७ गतेदेखि सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिसकेको जानकारी कम्पनीले दिएको छ ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?