पुर्वाधार बिकास बैंकलाई वित्तीय विवरण प्रकाशन गर्न समय थप

लोकपथ
56
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुर्वाधार बिकास बैंकलाई वित्तीय विवरण सार्वजनिक गर्न थप समय दिएको छ । सो अनुसार पुर्वाधार बैंकले २०८०/०८१ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन प्रकाशन गर्न २०८० कात्र्तिक १७ गतेसम्मको समय पाएको छ ।

समय थप गरेको बारेको राष्ट्र बैंकले पत्र मार्फत भनेको छ, पुर्वाधार बिकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशनको व्यवस्था अनुसार राष्ट्र बैंकबाट अनुमती प्राप्त पुर्वाधार बिकास बैंकले हरेक त्रैमासको महिना व्यतित भउको मितीले सात दिनभित्र अन्तरिम प्रतिवेदन तोकिएको ढाँचामा सार्वजनिक गर्नुपर्नेमा चालु आवको पहिलो त्रैमासको लागि भने २०८० कात्र्तिक १७ गतेसम्मको समय दिईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?