लाओसविरुद्ध आक्रमक फुटबल खेल्नेछौँ : मुख्य प्रशिक्षक अल्बर्टो

लोकपथ
763
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटमा लाओसविरुद्धको दोस्रो लेगमा नेपालले आक्रमक फुटबल खेल्ने बताएका छन् ।

मंगलबार नेपाली टिमका प्रशिक्षक एनिसले लाओसविरुद्धको खेलका लागि आफुहरु तयारी अवस्थामा रहेको बताएका हुन् ।

‘हामीले राम्रो तयारी गरेका छौं । यो खेल नेपाल र मेरा लागि उत्तिकै महत्वपुर्ण छ । यो कठिन हुनेछ । तर यसका लागि हामी तयार छौं । हामी आक्रमक फुटबल खेल्नेछौं । ’ एनिसले भने ।

नेपालले विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा लाओसविरुद्ध मंगलबार दोस्रो लेगको म्याच खेल्दैछ । दशरथ रंगशालामा पहिलो लेगको खेल बराबरीमा सकिएको थियो । नेपाल दोस्रो लेगको म्याच खेल्न लाओसमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?