काठमाडौं । त्रिदेशीय टि-२० सिरिजमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। मुलपानी क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
त्रिदेशीय टि-२० सिरिज अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा खेल सुरु हुँदैछ ।
आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएसंगै उनले अवसर पाएका हुन् ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन् ।
सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया