काठमाडौं । गोरखामा आयोजित लिगलिगे दौडको उपाधि त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले हात पारेका छन् ।
दौडेर राजा हुने थलो लिगलिगकोट आयोजना भएको दौडको ११ औं संस्करणमा चेपेघाट देखि लिगलिगकोट सम्म १३.८ किमि दुरी ५६ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै गजेन्द्र राईले दौड जितेको हो ।
जित संगै उनले नगद १ लाख पुरस्कार पाएका छन । त्यस्तै आर्मीकै नरेन्द्र सिंह रावत ५६ मिनेट ५३ सेकेण्ड र भारतीय सेना अनिश थापामगरले ५८ मिनेट ३५ सेकेण्डमा दुरी पार गरेर दोस्रो र तेस्रो भएका छन् ।
उनीहरुले पुरस्कार ५० हजार र २५ हजार प्राप्त गरेका छन । लिगलिगकोट विकास अभिायनले आयोजना गर्दै आएको लिगलिगे दौडको ११ औं संस्करण यसपटक ४९ जना धावक सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया