नेपाललाई चौथो सफलता, गुल्सनले नै लिए यूएईको चौथो विकेट

लोकपथ
49
Shares

काठमाडौं । त्रिदेशीय टि-२० सिरिजमा नेपाल र युएईबीचको जारी खेलमा नेपालले चौथो विकेट लिएको छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाली बलर गुल्सन झाले चौथो विकेट लिएका हुन् ।

गुल्सनले यूएईका आसिफ खानलाई १५ रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका हुन् । आसिफले १२ बलमा दुई चौका हिर्काए । जारी प्रतियोगितामा गुल्सनले लिएको यो दोस्रो विकेट हो । ८.४ ओभरमा चौथो विकेट गुमाउँदा यूएईले ५२ रन बनाएको छ ।

नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ । नेपाल, यूएई र हङकङबीच त्रिदेशीय एक दिवसीय टि–२० श्रृंखला आजबाट सुरु भएको छ । पहिलो खेलमा नेपाल र यूएई भिडिरहेका छन्।

मूलपानी मैदानमा पहिलोपटक टि–२० अन्तर्राष्टिय म्याच भएको हो । यसअघि यहाँ एक दिवसीय खेलहरु भने भइसकेका छन् । नेपालले आज विशेषज्ञ स्पिनरका रुपमा मौसम ढकाललाई खेलाएको छ ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन् ।

सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?