एनएमबि बैंकद्वारा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

लोकपथ
140
Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (एफएमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।

बैंक र एफएमओ बिचको यस साझेदारीमा एफएमओबाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम एमएसएमई विकाश र प्रबर्दनको लागि प्राप्त भएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?