नेपालकाे लगातार दोस्रो जितमा हङकङ ६ विकेटले पराजित

लोकपथ
154
Shares

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

टस जितेर बलिङ रोजेको नेपालले ९५ रनको लक्ष्य पाएको थियो । हङकङले दिएको ९५ रनको लक्ष्य पच्छ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।

पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो । सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?