दसैँ नेपालीहरुको महान पर्व हो । म गाउँमा जन्मेको हुनाले होला दसैँका विभिन्न स्मरणीय क्षणहरु रहेका छन् । सानो बेलामा दसैँ आएपछि मासु खान पाइने, नयाँ लुगा लगाउन पाइने घर परिवारको सदस्यसँग भट्न पाउने र सबै जना एकै ठाउँमा भेट भएर रमाउन दसैँ नै आउनुपथ्र्यो । त्यो बेलाको दसैँ सम्झिँदा अझै रमाइलो याद आउँछ । अझ मिठो खान र राम्रो लगाउन दसैँ नै आउनुपथ्र्यो ।
बाल्यकालमा दसैँमा टिका लगाएपछि दक्षिणा आउँछ भन्ने कुराको प्रतिक्षा हुन्थ्यो । त्यो पलको स्मरणले बहुुत रमाइलो लाग्ने गर्दछ ।
दसैँ आउनुभन्दा एक–दुई महिना अगाडीबाट नै हामी रमाउन सुरु गथ्र्यौँ । गाउँमा पनि चहलपहल शुरु हुन्थ्यो ।
लगाउने खाने कुराको अलवा पिङ खेल्न पाइन्छ भन्ने कुराले मन एकदम खुसी लाग्ने गर्दथ्यो । त्यो कुरा एकदम मिस गर्ने गरेको छु । दसैँ पर्वले यति खुुसी दिन्थ्यो कि सबै जना खुसी देखेर म आफैँ आनन्दित हुन्थे ।
त्यो समयको सम्झना गर्दा दसैँका लागि नयाँ लुगा त किनिन्थ्यो तर अन्य सामग्रीहरु किनेको याद छैन ।
टिका लगाइसकेपछि आफ्नो घरदेखि मामाघरसम्म पुगेर दक्षिणा पाउने, आफन्तहरु भेट्ने कुराले मन नै आनन्दित बनाउँथ्यो ।
तर यता खेलकुदमा लागेपछि चाँही कहिले काठमाडौंमा एक्लै, कहिले विदेशमा मनाएको याद छ । विदेशमा हुँदाको दसैँ भने क्यालेन्डरमा हेरेर दसैँको दिन थाहा पाइन्थ्यो र टिका जमरा केही नलगाए पनि आज दसैँ हो भनेर मनाइन्थ्यो । त्यसले मन कताकता खल्लो बनाउथ्यो ।
पहिले आमा बुबाको काँधमा जिम्मेवारी हुन्थ्यो । त्यो बेलामा आफूलाई केही गर्न नपर्दा आनन्द हुन्थ्यो । तर अहिले आफू बाआमा भएपछि दसैँ मनाउँदा अलि छुट्टै अनुभव हुने रहेछ ।
जीवनका धेरै दसैँहरु अभावमा बिताएको याद छ । खेलाडी भएको कारण कतिपय दसैँमा कामकै प्रेसर हुन्थ्यो । जसको कारण दसैँ अर्को वर्ष पनि आउँछ यो साल काम गर्छु भनेर मन बुझाएको याद छ ।
अहिले सबै कुरा आफ्नो काँधमा छ । दसैँमा यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर दुई महिना अगाडीबाट नै तयारी गर्नुपर्ने भएर पहिलाको भन्दा अहिले अलि फरक हुने रहेछ । अहिले खाने, मान्छे भेट्नेदेखि रमाइलो गर्ने मात्रै गरेर दसैँ मनाउन पाइन्थ्यो । तर अहिले अलि बढी काम पनि गर्नुपर्छ । पहिले बुबा आमाको हातबाट टिका लगाउने दक्षिणा लगाउने कुराले मन खुसी हुन्थ्यो तर अहिले बा आमाको आशिर्वाद भए पुग्छ भन्ने लाग्छ ।
दसैँ रमाइलो पर्व मात्र नभएर यसले हाम्रो संस्कृतिको जगेर्ना गर्ने, भाइचारा स्थापना गर्ने भएकाले पनि हामीले पर्वलाई सरल र सहज रुपमा मनाउनुपर्दछ ।
(लोकपथका लागि विप्लव जम्कटेलले गरेको कुराकानीमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया