एसीसी प्रिमियर कप : जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा

लोकपथ
672
Shares

काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको छ । वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भयो ।

फाइनलमा पुगेसँगै नेपाल यु-१९ एसिया कपमा छनौट भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो । ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए ।

२५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकियो । डिएल मेथडका आधारमा जापानले जितका लागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्य पाएको थियो । स्पिनर दिपेश कँडेल र हेमन्त धामीले समान तीन विकेट लिए । नेपालले अब यूएईसँग फाइनल खेल्ने छ । नेपालको यू-१९ टिम विश्वकपमा समेत छनोट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?