यूएईको नेपाल समक्ष १६५ रनको चुनौती

लोकपथ
56
Shares

काठमाडौं । त्रिकोणात्मक टी २० सिरिज अन्तरगत जारी खेलमा युएईले नेपाललाई१६५ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोड्यो ।

सोमपाल कामी र अविनाश बोहराले दुई दुई विकेट लिए । गुशल्न झा र करण केसीको भागमा एक–एक विकेट रह्यो । अरविन्दले यूएईका लागि ५१ बलमा ४५ रन जोडे । उनलाई अविनाश बोहराले बोल्ड गरेका थिए ।

यूएईका लागि बासिर अहमदले विष्फोटक पारी खेले । उनले १९ बलमा ५ छक्का र दुई चौकाको मद्दतमा ४५ रन जोडेपिछ यूएई ठूलो स्कोरतर्फ लम्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?