अमेरिकामा अन्धाधुन्ध गोली प्रहार : १६ जनाको ज्यान गयो

लोकपथ
735
Shares

काठमाडौं । अमेरिकाको ल्युइस्टन शहरमा एक बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीबाट १६ जनाको ज्यान गएको छ ।

एक व्यक्तिले खुलेआम पसल, रेस्टुरेन्ट लगायतका ठाउँमा आक्रमण गरेको बीबीसीले जनाएको छ । ल्युइस्टिन प्रहरीले ४० वर्षका रोबर्ट कार्डले गोली चलाएको पुष्टि गर्दै उनी सशस्त्र र खतरनाक भएकाले सचेत रहन आग्रह गरेको सीएनएनले जनाएको छ । प्रहरीले प्रहरीले बन्धुकधारीको खोजी गरिरहेको छ ।

घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?