ललितपुर । फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
यो उल्लेखनीय उपलब्धि असोज ३० गते भएको थियो जुन फोनपे सँगसँगै नेपालको सम्पूर्ण फिनटेक जगतको लागि एक महत्वपूर्ण क्षणको रुपमा उजागर भएको छ।
२०१९ मा आफ्नो सञ्चालन पछि, फोनपे लगातार नविन सेवा, प्रभाव र पूर्वाधारको सन्दर्भमा अगाडि बढिरहेको छ। लगभग सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आवद्ब गराउनु चुनौतीपूर्ण काम जस्तो देखिएता पनि फोनपेले आफ्नो सञ्चालनको पहिलो वर्षमा नै यो उपलब्धि हासिल गरेको थियो।
“यो उपलब्धि हाम्रो लागि ठुलो गर्वको कुरा हो। नेपालमा डिजिटल भुक्तानीलाई सशक्त बनाउने हाम्रो सामूहिक प्रयास फलदायी रहेको अनुभुति भएको छ। हामीले निरन्तर ग्राहकहरुको आवस्यक्तालाई हाम्रो प्रमुख प्राथमिक्तामा राख्दै आएका छौँ जस्को अनुरुप भुक्तानीका समाधानहरुलाई अझै बिस्तार गर्ने लक्ष्य तर्फ हामी अगाडि बढेका छौँ। हाम्रो उपलब्धिहरूको पछाडि स्तम्भ भई हामीलाई साथ दिनु हुने बैँक तथा बित्तिय संस्थाहरु र हाम्रो नियामकहरूलाई धन्यवाद दिन चाहन्छु। ” फोनपेका सीईओ श्री दिवास कुमारले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया