काठमाडौं । तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले एशियाली खेलकुदमा पदक जित्न सफल भएकी छिन् । पलेशा दुईवटा विश्व पारा–तेक्वान्दो च्याम्पियनशिप र तीनवटा एशियन पारा–तेक्वान्दो च्याम्पियनशिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी हुन्।
‘२ महिनापछि नेपाल आउँन पाउँदा खुसि लागेको छ । मेरो लक्ष्य त गोल्ड नै थियो, त्यसको लागि मैले धेरै मेहेनत गरेको थियो । योपालि एकदमै गारो पनि भएको थियो किनभने म एक्दै थिए । २ महिनादेखि एक्लै नै ट्रेनिङ् गर्दै थिए कोही गुरुहरु पनि थिए । एक्लै भएपनि विश्वास थियो मैले जित्नै पर्छ भन्ने मेरो तर्फबाट मैले आफ्नो राम्रो नै दिएको थिए त्यही कारण मैले मेडल हासिल गर्न सफल भए । यो मेडल ममाथि विश्वास गर्ने र साथ दिने सबैलाई समर्पित गर्न चहान्छु ।सरकारले खेलाडीहरुलाई आर्थिक सहयोग गर्नुपर्छ, यो खेलहरु अहिले पनि ओजेलमा नै छ । यस्तो प्रकारको खेलहरु सबैले खेल्न सक्छन् सरकारले यसलाई ध्यान दिने हो भने सबै जना खेलतर्फ आकर्षित हुन सक्छन् । म १३ वर्षदेखि यो खेलमा आबद्ध भएको हो मलाई यो खेल छोड्न मन छैन् । मैले सानैदेखि पढाई र खेललाई सन्तुलनमा राख्दैँ आएको हो म केही पनि छोड्ने सोचमा छैन् ।’ उनले भिनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया