दीपेन्द्रसिंह ऐरीको खुट्टामा चोट, केही दिन मैदान बाहिर रहने

लोकपथ
728
Shares

काठमाडौं । नेपाली क्रिकेट टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरीको खुट्टामा चोट लागेको छ। चोटका कारण ऐरी केही दिन मैदान बाहिर हुने भएका हुन् ।

टी–२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा नेपालले सिंगापुरविरुद्ध शानदार जित हात पारेको छ। शानदार जित हात पारेको नेपालले भने आफ्नो महत्वपूर्ण खेलाडी खेल मैदान बाहिरै रहँदा खेलमा केही असर पर्न सक्ने देखिएको छ ।

दीपेन्द्र प्लेइङ ११ मा समेत समावेश गरिएको थियो । तर टसपछि मैदानमा अभ्यास गर्ने क्रममा उनलाई गोलीगाँठामा चोट लाग्न पुग्यो जसका कारण उनी मैदान बाहिर रहेका छन् ।

दीपेन्द्र एकाएक घाइतेभएपछि उनको स्थानमा विवेक यादवले मौका पाएका थिए । दीपेन्द्रको स्थानमा टिममा समावेश भएपनि विवेकले बलिङ र ब्याटिङ दुवै गर्न भने पाएनन् ।

घाइते भएपछि दीपेन्द्रलाई मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । डाक्टरहरुले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन् । स्वास्थ्य परिक्षणपछि उनी पुन टीयु ग्राउन्ड फर्केका थिए ।

विश्वकप क्वालिफायरको पहिलो खेलमै घाइते भएका दीपेन्द्रले पुरै खेल खेल्न नपाउने देखिएको छ । विश्वकप क्वालिफायर एक हप्तामात्र चल्ने छ । दीपेन्द्रको खुट्टा ठीक हुन केही समय लाग्ने भएपछि उनी मैदानबाहिरै रहने भएका हुन् ।

दीपेन्द्र बलिङ, ब्याटिङ र फिल्डिङमा निकै अनुभवी खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?