आईसीसी टी-२० विश्वकप एसिया छनोट : नेपाल र मलेसिया भिड्दै

लोकपथ
448
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । सोमबारदेखि नेपालमा सुरु भएको टी–२० विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियालाई हराएर सेमिफाइनल पुग्ने दाउमा छ ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे टीयू मैदानमै सुरु भएको छ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल बिहान ९ बजे तथा यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानी मैदानमा हुनेछ ।

समुह चरण ए अन्र्तगतका आज हुने दुई खेलमा यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा दुवै टोलीले स्थान पक्का गर्नेछन् ।

८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?