काठमाडौं । आईसिसी टी-२० विश्वकप छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ। मंगलबार बिहान भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।
ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको थियो। ओमानले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रन जोड्यो।
ओमानका फेयात बट र बिलाल खानले २र२ तथा सकिल अहमद, जिसन मकसुद, अकिब इलियास र मोहम्मद नदिमले एक एक विकेट लिए।
ओमानले समूहको अन्तिम खेलमा अब नेपालसँग खेल्ने छ । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले मंगलबार मलेसियाको सामना गर्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया