मलेसियाविरुद्धको खेल जित्न नेपाललाई १६६ रनको लक्ष्य

लोकपथ
98
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १६५ रन जोड्यो ।

मलेसायका सेयद अजिजले सर्वाधक ६८ रन बनाए । अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए। कप्तान अहमद फैज ३ रन जोडे । विरनदिप सिंहले ४ रनमात्रै जोडे।

नेपालका अविनाश बोहरा एक्लैले ४ विकेट लिए भने  सन्दीप लामिछानेले २, करन केसी र रोहित पौडेलले एक एक विकेट लिए।

सोमबारदेखि नेपालमा सुरु भएको टी–२० विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियालाई हराएर सेमिफाइनल पुग्ने दाउमा छ ।

८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?