पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

लोकपथ
35
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मौसम आंशिक बदली हुनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली

भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ ।

आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?